हेटौंडा, माघ २
प्रदेश नम्वर ५ वुटवल नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजना र नेपाल युवा रेडक्रस सर्कलको समन्वयमा जिल्लास्तरीय निवन्ध प्रतियोगिता सम्पन्न भएको छ । रुपन्देही जिल्ला भित्र गठित नेपाल रेडक्रस सोसाइटीको उपशाखाहरुबाट प्रथम र द्धितीय भएका निवन्ध प्रतियोगिहरुको जिल्लाले अन्तिम प्रतियोगिता गरेको हो । कार्यक्रममा ने.यु.रे.स उजिर सिंह मा.वि.का अध्यक्ष समिक्षा वि.क.को अभ्यक्षता एव् नेपाल रेडक्रस सोसइटी जिल्ला रुपन्देहीका सभापति प्रेमलाल उदासको प्रमुख आतिथ्यता रहेको थियो ।

ने.रे.सो जिल्ला सदस्य तथा जु.यु.स.का संयोजक अर्जुनराज उपाध्ययको विशिष्ट आतिथ्यता, विद्यालयका प्र.अ. तथा ने.यु.रे.स. उजिर सिंह मा.वि.का संरक्षक पदमराज ज्ञवाली तथा विद्यालयका शिक्षकहरुको अतिथ्यतामा कार्यक्रम भएको हो । प्रतियोगितामा विरेन्द्र मा.वि., ने.यु.रे.स छपियाकी छात्रा सिमा यादव प्रथम, ने.यु.रे.स दिप बोर्डिङ स्कुलकी छात्रा नेवस्की अधिकारी र ने.यु.रे.स उजिर सिंह मा.वि. की छात्रा सपना थापा तृतीय भएका छन् । यस्तैगरी प्रतियोगितामा ने.यु.रे.स छिपागढ मा.विका अजाहरुदिन पठान र ने.यु.रे.स बुद्धदिप बार्डिङ स्कुलका आश्विन पौड्याल सान्तवना भएका छन् ।

कार्यक्रममा निर्णयकको भूमिकामा ने.रे.सो. जिल्ला सदस्य दल बहादुर थापा, ने.रे.सो. मणिमुकुन्द उपशाखा का.स. सुहा बहादुर नेपाली तथा केशव खनाल रहेका थिए । नतिजा सुनाउदै निर्णयकमण्डलका संयोजक दल बहादुर थापाले प्रतियोगितामा प्रथम द्धितीय तथा तृतिय भएकाहरुको निवन्ध राष्ट्रियस्तरको प्रतियोगितामा जाने समेत जानकारी दिएका छन् । सो कार्यव्रmमको जानकारी ने.यु.रे.स उजिर सिंह मा.विका सह शिक्षक नायक जीवन गैरेले दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here