बरामद गरिएको बुद्धचित्त र रुद्राक्ष मालासहित पक्राउ परेका ३ जना सार्वजनिक गर्दै प्रहरी । तस्वीर/ जिल्ला प्रहरी कार्यालय मकवानपुर

हेटौंडाः मकवानपुरको मनहरीबाट प्रहरीले बुद्धचित्त र रुद्राक्षसहित ३ जनालाई पक्राउ गरेको छ ।

आईतबार दिउँसो मकवानपुरको मनहरी गाउँपलिकास्थित पुर्व–पश्चिम सडक खण्डमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको चेकिङ टोलिले काठमाडौंबाट भारततर्फ जाँदै बिआर ०१ पिएच ४९४० नम्बरको भारतीय कारलाई रोकी जाँच गर्दा कारभित्र बोरा र झोलामा लुकाई ल्याएको बुद्ध चित्त माला १ हजार ७७० थान र रुद्राक्षको माला १४४ थानसहित कार चालक भारतको बिहार बस्ने मुन्ना यादव सहित ३ जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे साविक तिमाल गाविस–२, बस्ने जगत लामा तामाङ र काभ्रे साविक तिमाल गाविस–६, बस्ने सूर्यमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका ३ जनालाई आवश्यक कारबाहीको लागि वन कार्यालयतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here