हेटौंडाः प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएपछि स्थानीयहरुले हर्षोल्लासका साथ हेटौंडा बजारका चोकहरु तथा घर घरमा दीप प्रज्वलन गरी खुशियाली मनाएका छन् ।

विभिन्न समूह संघ, संस्थाको नेतृत्वमा चोकमा भेला भएका जिल्लाबासीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल लगायत नेताका तस्वीर सहितको प्लेकार्ड, नेपालको झण्डा बोकेर प्रदेश सभाको नतीजाको स्वागत गरेका हुन् ।

प्रदेश सभा गठन भएको झण्डै दुई वर्षपछि आज मतदान प्रक्रियाबाट प्रदेश सभाले प्रदेशको नाम र स्थायी राजधानी तोकेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here