हेटौंडाः उद्योग संघ मकवानपुरको अध्यक्षमा लेखराज पोखरेल चयन भएका छन् । संघको १८औं साधारण सभाले पोखरेलाई अध्यक्षमा चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा स्वागतराज प्याकुरेल, उपाध्यक्षमा बद्रीनाथ शर्मा, महासचिवमा बासु कार्की, सचिवमा शिवहरि आचार्य, कोषाध्यक्षमा किशोर अर्याल र सहकोषाध्यक्षमा श्याम ढकाल चयन भएका छन् ।

समितिको सदस्यहरुमा सविता पौडेल, रमन खनाल, हरिहर अर्याल, शरदचन्द्र भट्टराई, डावरमणी थेवे लिम्वु, शिरोमणी प्याकुरेल, शुयस पराजुली, बुद्धराज अर्याल र श्रीजन कोइराला चयन भएका छन् ।