हेटौंडाः ३ नम्बर प्रदेशको संसदमा नेकपा र कांग्रेसले साझा प्रस्ताव दर्ता गराएका छन् । प्रदेशको नाम र स्थायी राजधानीको प्रस्तावमा दुबै पार्टीको संसदीय दलबीच सहमति जुटेपछि साझा प्रस्ताव संसदमा दर्ता भएको हो ।

नेकपा संसदीय दलका नेता डोरमणि पौडेल र कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले हेटौंडामा राजधानी राख्ने र प्रदेशको नाम बागमती राख्ने प्रस्ताव संसदमा दर्ता गराएका हुन् ।

प्रदेशको राजधानी हेटौंडा राख्ने प्रस्तावक पौडेल रहे । त्यसमा बानियाँले समर्थन जनाए । प्रदेशको नाम बागमती राख्नेमा प्रस्तावक बानियाँ छन् । त्यसमा पौडेलले समर्थन जनाएका छन् । प्रस्तावक र समर्थकमा एकअर्कालाई साथ दिने दुबै नेता हेटौंडाका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here