हेटौंडाः कृषि तथा वन विज्ञान विश्वविद्यालय वन संकाय हेटौंडाले जारी गरेको भर्नासूची खारेजीको माग गर्दै विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनमा ताला लगाएका छन् ।

गतसाल भन्दा फरक प्रक्रिया अपनाइएकोमा विरोध जनाउनुका साथै गतसाल जस्तै प्रक्रिया मागका साथ विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले लगाएको ताला आज १८औं दिनसम्म पनि खुलेको छैन । क्याम्पस प्रशासनसँगको छलफल निश्कर्षमा पुग्न नसकेपछि विद्यार्थीले आन्दोलन जारी राखेका हुन् ।

मेरिट र प्राथमिकताको आधारमा भर्ना सूची तयार पार्दा फरक पारिएको विद्यार्थीको आरोप छ । पुस ५ गते प्रवेश परीक्षा लिइएकोमा ७ गतेदेखि विद्यार्थीले आन्दोलन थालेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here