हेटौंडा, पुस २४
काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगको पाचौँ चरणको अन्तिम खेल बिहिबार हुँदैछन् । पाँचौं चरणको अन्तिम खेलमा दुइ खेलको प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा विभागीय क्लब एपीएफ र गत सिजनको उपविजेता संकटा क्लब भिड्नेछन् ।

दोस्रो खेलमा आर्मीले तालिकाको पुछारमा रहेको सरस्वती क्लबसंग खेल्नेछ । दुबै खेल दशरथ रंगशालामा हुनेछन् । संकटा र एपीएफबीचको पहिलो खेल मध्यान्न १२ बजेबाट शुरु हुनेछ भने आर्मी र सरस्वतीबीचको प्रतिस्पर्धा दिउँसो ३ बजेबाट हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here