हेटौंडा,पुस १८
यायोई मत्सुनागा किशोरी छँदा प्रत्येक दिन ‘नराम्रो छुवाइ’को शिकार हुन्थिन्। कामको शिलशिलामा रेलको भीडभाडमा दिन्दिनै कुनै पुरुषले उनको शरीरमा छुने र समाउने गर्थे। यस्तो समस्या मत्सुनागाले मात्र होइन पुरुषवादी जापानी समाजका धेरै महिलाले भोग्नुपर्थ्यो । तीन दसकपछि मत्सुनागाले आफ्नी छोरीका साथीले पनि उस्तै समस्या भोगिरहेको थाहा पाइन्। सार्वजनिक यातायातदेखि विद्यालयसम्म यौ’नहिं’सा फैलिएको थियो ।

यो समस्याको सामाधान खोज्दै किशोरीहरू पुलिस स्टेसनदेखि रेल संचालन गर्ने संस्थासम्म पुगे। ती संस्थाहरूले खासै चासो नदेखाएपछि उनीहरूले आफ्नो झोलामा लेखे(‘नराम्रो छुवाइ अपराध हो। म रुँदै सुत्ने छैन।’ उनीहरूको यस्तो पहलले यौन हिंसा बिस्तारै कम हुँदै गयो । मत्सुनागाले त्यस घटनाबाट भएर सन् २०१५ मा उक्त सन्देशसहितको ब्याच बनाइन् र पैसा संकलन गर्न थालिन्। सन्देशमा लेखिएझैं त्यसको असर पनि प्रभावकारी बन्दै गयो। एक रिपोर्टका अनुसार करिब ९५ प्रतिशत यौन हिंसा घट्यो ।

केही वर्षयता जापानले नराम्रो छुवाइलगायतका यौ न हिंसा कम गर्न नयाँ उपाय लगाएको छ। महिलाले मात्रै प्रयोग गर्ने रेलका डिब्बादेखि बसको सिलिङमा सिसी क्यामेरा हाल्ने काम जापान सरकारले गरेको छ । क्युसिसिए नामक कम्पनीका नारी वु र रमन कट्यामाले ‘छुवाइ राडर’ नामक एप बनाएर अर्को सुरुआत गरे। यो एपबाट कसैले आफूलाई नराम्ररी छोएको उजुरी गर्न मिल्छ र उजुरीहरूका आधारमा कहाँ त्यहाँ घटना हुन्छन् भन्ने पत्ता लाग्छ। एप सञ्चालन भएको केही समयमा नै ९८१ त्यस्ता घटनाको उजुरी भयो ।

टोकियो महानगर प्रहरीले पनि त्यस्तै अर्को एप बनायो, डिजी पोलिस। कसैले छोए यो एप अन गरे ‘रोक’ भन्दै कराउन थाल्छ। एपले प्रहरी कार्यालयको स्क्रिनमा सन्देश पठाउँछ(यहाँ यौ न हिं सा गर्ने मानिस छ। कृपया बचाउनुहोस् । सचि‌हट नामक एक कम्पनीले स्टयाम्प बनाएको छ जसले पीडकमा नदेखिने मसी छ्याप्छ। त्यसलाई अल्ट्राभाएलेट किरणबाट पहिचान गर्न सकिन्छ । परीक्षणका लागि पाँच सय वटा त्यस्ता छुवाइविरूद्धका स्ट्याम्प बिक्रीमा राख्दा ३० मिनेटमै सबै सकिएका थिए । सन् २००७ मा जापानमा करिब २ हजार ९ सय ४३ यौ न हिं साका घटना रिपोर्ट भएको थियो ।

त्योबाहेक रिर्पोट नलेखाउने पीडित महिलाको संख्या झन कति छ कति। सर्भेका अनुसार आधाभन्दा बढी महिलाले त्यस अवस्थाको शिकार बन्नु परे पनि १० प्रतिशतले मात्रै प्रहरीलाई रिपोर्ट गर्छन्। कोही डर र संकोचका कारण बाहिर ल्याउदैनन् भने कोही स्कूल वा कार्यालयका लागि ढिला हुने कारण समय खेर फाल्न चाहन्नन् । रयूकोकू विश्वविधालयका मासाको मकिनोका अनुसार नराम्रो छुवाईलाई यौ न हिं साको रूपमा त्यति लिइन्न। अ पराधीले करिब ६ महिनासम्मको जेल वा ५ लाख जापनी येन तिर्नुपर्ने हुन्छ। अ पराधको प्रवृत्ति ठूलो भएका अ पराधीले करिब १० वर्षसम्मको सजाय भोग्नुपर्छ ।

मत्सुनागा अहिले ‘ग्रुपिङ प्रिफरेन्सेस एक्टिभिटी सेन्टर’ नामक संगठन चलाउँछिन्। उनी आशावादी छिन्, ‘नराम्रो छुवाई हटाउन सक्षम हुनेछौं।’जापानी मिडियाले त्यस्ता घटनाभन्दा पनि निर्दोष पुरुषहरू कसरी फस्छन् भन्नेमा जोड दिएकाले पनि समस्या रहिरहेको छ। एउटा स्कुले केटीले गलत उजुरी गरेको मान्छेबारेको किताब र फिल्म सन् २००७ मा निकै हिट भएको थियो। इन्सुरेन्स कम्पनीहरूले पनि छुवाइको आरोप लागेकालाई कानुनी लडाइँ लड्न लाग्ने खर्च व्यहोर्ने पोलिसी बेच्छन्।‘ यी सबका बावजुद् एकदिन नराम्रो छुवाई पूर्ण उन्मुलन हुनेछ भन्ने मेरो विश्वास विश्वास छ,’ मात्सुनागाले भनिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here