हेटौंडा, पुस १६
हेटौंडा १६ हटियामा रहेको शिवम सिमेन्ट उद्योगमा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ । उद्योगमा रहेको रोलर प्रेस फित्तामा परेर उद्योगका मजदुरको मृत्यू भएको प्रहरीले बताएको छ । उद्योगमा कार्यरत मजदुर कैलालि जिल्ला मशुरीया गाउँपालिका ५ बस्ने ३५ वर्षीय राजन प्रसाद चौलागाईको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको हो । प्रहरी टोली घटनास्थलमा पुगेको र थप अनुसन्धान हुँदै गरेको प्रहरीले बताएका छन् ।