हेटौंडा, पुस १६
उजिर सिंह माध्यमिक विद्यालय वुटवल–२ मा गठित नेपाल युवा रेडक्रस सर्कलद्धारा २६ जना विद्यार्थीहरुलाई २ दिने आधारभूत प्रथामिक उपचार तालिम दिएको छ । विद्यालयको हाता भित्र खेल्दा खेल्दै लाग्ने चोटपटकहरुको प्राथमिक उपचार गर्न विद्यार्थीहरुले नै सकुन भन्ने उदेश्यले केही विद्यार्थीहरुलाई यो तालिम दिएको हो । तालिम सर्कल अध्यक्ष समिक्षा वि.क. को अध्यक्षतामा भएको हो भने यसै विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाका सभापति सुहा बहादुर नेपालीको प्रमुख आतिथ्यतामा भएको हो । २ दिनसम्म चलेको तालिमको प्रमुख अथिति सुहा बहादुर नेपाली र विशिष्ट अतिथि गौतम लाल शाक्यद्धारा तालिममा सहभागी विद्यार्थीहरुलाई प्रमाण पत्र वितण गरेका हुन् ।

तालिमको प्रशिक्षकको रुपमा नेपाल रेडक्रस सोसाइटी जिल्ला रुपन्देहीबाट अप्सरा उपाध्याय रहेको थियो । तालिममा प्राथमिक उपचार गर्नु भन्दा अगाडी कसरी पुर्व तयारी हुने, चोटपटक लाग्दा रगत बग्न नदिन के गर्नु पर्छ , हात,खुट्टा मर्किदा कसरी व्यान्डेज लगाउने भन्ने विषयमा उपाध्यायले विद्यार्थीहरुलाई प्रशिक्षण दिएको थियो । कार्यक्रममा सर्कलका शिक्षक नायक रीता ज्ञवाली, विद्यालयका शिक्षक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । यस तालिमको अनुगमन नेपाल रेडव्रmस सोसाइटी रुपन्देहीका सभापती प्रेमलाल उदासद्धारा भएको थियो । तालिमको संचालन यसै सर्कलका सहशिक्षक नायक जीवन गैरेले गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here