हेटौंडा, पुस ५
उजिर सिंह माध्यमिक विद्यालय वुटवल–२ को ५७ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न कक्षागत खेलकुद आयोजना गरेका छन् । पौष ३ र ४ गते भएको खेलकुद कार्यक्रम विद्यालयका स.प्र.अ. एवम् अतिरिक्त क्रियाकलाप संयोजक बसुन्धरा भुषालको अध्यक्षतामा भएको हो । व्यवस्थापन समिति अध्यक्ष छवि नेपालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा आधारभूत तह(प्रा.वि.) कक्षा शिशु र १ मा बेलुन फोर, कक्षा २ र ३ छात्रतर्फ चम्चा दौड, सोही कक्षाका छात्रातर्फ सियो धागो दौड, कक्षा ४ र ५ का छात्र/छात्रा वीच १०० मि.का दौड , सोही कक्षाका छात्रले बोरा दौड, तथा छात्राहरुको मिठाई दौड प्रतियोगिता भएका छन् ।

त्यस्तैे कक्षा ६ र ७ का छात्र वीच भएको दौडमा अभिषेक क्षेत्री प्रथम, मनिष बगाले द्धितिय र सोनु परियार तृतिय भएको हो । सोही कक्षाको छात्रा दौडमा राधा चौधरी प्रथम, लकिता सिंजाली द्धितिय र मनिषा कार्की तृतिय, भएको छ । कक्षा ८ र ९ वीच भएको भाले जुधाईमा निरज राना प्रथम, बाबुराम बोहोरा द्धितिय र सागर नेपाली तृतिय भएका छन् । यसैगरी कक्षा १० र ११ का छात्राहरु वीच भएको ४०० मि दौडमा सोनी पुन प्रथम, कुन्ती क्षेत्री द्धितिय र पुष्पा थापा तृतिय भएका छन् भने कक्षा ८ र ९ का छात्रहरु वीच भए्रका साईकल रेसमा सुरज खड्का प्रथम, दिलिप श्रेष्ठ द्धितिय र सरोज आलम तृतिय भएका छन् । कक्षा ६ र ७ का छात्रा वीच भएको हिसाव दौडमा पुजा वि.क. प्रथम, वैशनवी कशौधन द्धितिय र पुजा जोशी तृतिय भएका छन् । कक्षा ८ र ९का छात्राहरु वीच भएकोे हिसाव दौडमा रक्षा नेपाली प्रथम, सपना राई द्धितिय र अस्मिता गुरुङ तृतिय भएका छन् ।

त्यस्तै कक्षा ८ र ९का छात्रा वीच भएको हाँस दौडमा पुजा रिजाल प्रथम, सुनिता अधिकारी द्धितिय मिना नेपाली तृतीय भएका छन् भने कक्षा ६ र ७ वीच भएको हाइजम्पमा अभिषेक खत्री प्रथम, अनुम चौधरी द्धितिय, कुमार चौधरी तृतीय भएको छ । कक्षा १० र ११ वीच भएको छात्र शटफुटमा प्रेम सारु प्रथम अर्जुन वि.क. द्धितीय र टेक बहादुर घर्ति तृतीय भएका खेलकुद विभाग प्रमुख गौतम लाल शाक्यले जानकारी गराएका छन् भने उक्त कार्यव्रmको संचालन शिक्षक जीवन गैरेले गरेका हुन् । त्यस्तै पौष ५ गते साकृतिक कार्यव्रmम ६ गते साहित्यीक कार्यव्रmम अन्र्तगत आन्तरिक र नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता र ७ गते विहान ११ बजे समापन समारोहको कार्यव्रmम हुने विद्यालयका प्रधानाध्यपक पदमराज ज्ञवालीले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here