हेटौंडाः कपडा तथा तयारी पोषाक व्यवसायी संघ मनहरीको सातौं वार्षिक साधारण भेला तथा बनभोज कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

संघका पश्चिम क्षेत्र समिति मनहरीका अध्यक्ष गोबिन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मकपानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका अध्यक्ष गोविन्द रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रिजालले व्यवसायीहरुले गुणस्तरीय सामान उपभोक्ता मझमा पुर्याउनुपर्ने बताए ।

कार्याक्रममा मकपानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र मनहरीका वरिष्ठ उपाध्यक्ष नारायण सुवेदी, जिल्ला कपडा तथा तयारी पोषक व्यवसायीक संघका महासचिव तेजराज अधिकारी तथ कोषाध्यक्ष नेत्र प्रसाद खतिवडा लगायतको उपस्थिति रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here