एजेन्सीः ‘मिस वर्ल्ड- २०१९’ को उपाधि जमईकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन् । शनिबार राति लण्डनमा भएको समारोहमा सिंह विजयी भएकी हुन् ।

मिस वर्ल्डको फाइनलमा फस्ट रनरअप फ्रान्सकी सुन्दरी ओफेली मेजिनो बनिन् भने भारतकी सुन्दरी सेकेन्ड रनरअप सुमन रावले जितेकी छिन् । प्रतियोगितामा विश्वका १ सय ११ देशका सुन्दरीले प्रतिष्पर्धा गरेका थिए।

त्यस्तै, नेपाली सुन्दरी अनुष्का श्रेष्ठ उत्कृष्ट १२ मा पुग्न सफल भएकी थिइन् । उनले ‘हेड टु हेड च्यालेन्ज’ ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विथ अ प्रपोज’ गरि तीन वटा अवार्ड हात पारिन् ।

मिस वर्ल्ड २०१९ को उत्कृष्ट ५ मा भारत, जमईका, फ्रान्स, नाइजेरियाका र ब्राजिलका सुन्दरीहरु परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here