मिस तामाङ विनिमाको साथमा फस्ट रनर अप रेखा लामा (लो) र सेकण्ड रनर अप आरती थिङ

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–८ की बिनिमा लामा (दोङ) पहिलो ‘मिस तामाङ मकवानपुर’ हुन सफल भएकी छिन् । मकवानपुरमा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनी पहिलो ‘मिस तामाङ मकवानपुर’को ताज पहिरिन सफल भएकी हुन् ।

पहिलो ‘मिस तामाङ मकवानपुर’ बिनिमा लामा (दोङ)

शनिबार हेटौंडामा सम्पन्न भएको फाइनलमा उत्कृष्ट प्रस्तुती दिँदै विनिमा मिस तामाङ मकवानपुर–२०७६ हुन सफल भइन् । त्यसैगरी रेखा लामा (लो) फस्ट रनर अप र आरती थिङ सेकण्ड रनर अप भएकी छन् ।

कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाकी उप–प्रमुख मिना लामाले तामाङ समाजको मौलिक संस्कारहरुको संरक्षण र प्रबद्र्धनमा यस किसिमका कार्यक्रमले विशेष टेवा पुर्याउने बताइन् । तामाङ भाषा, कला र संस्कृतिको बारेमा जनकारी गराउन र संरक्षणमा लाग्न कार्यक्रमको आयोजना गरिएको हरेक वर्ष निरन्तरता दिने समेत मिस तामाङ मकवानपुर कार्यक्रमका संयोजक माया लामाले जानकारी दिइन् ।