हेटौंडाः चिसोका कारण समस्यामा खेपिरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका–८ का चेपाङ्ग बालबालिकाहरुलाई राहत स्वरुप लत्ता कपडा वितरण गरिएको छ । सो वडाका ४० जना बालबालिकाहरुलाई १० थान ज्याकेट र ३० थान ट्र्याकसुट वितरण गरेको साल्वेशन चर्च हेटौंडाका पास्टर दिपक लामा भोलोनले जानकारी दिए ।

आउँदै गरेको इसाई धर्मालम्बीहरुको पर्व ख्रिष्टमसको अवसरका साथै बालवालिकाहरु चिसो मौसममा न्यानो कपडा नभएका कारण बिरामी पर्न थालेको खबर आएपछि हेटौंडा–१५ स्थित साल्वेशन चर्च र साल्वेशन चर्च चितवान शाखाले बालबालिकाहरुलाई सहयोग गरेको हो ।

‘सेवा नै धर्म हो’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै सेवा भाव देखाएकोमा खुशी ब्यक्त गर्दै स्थानीय जनप्रतिनिधिले आगामी दिनमा वडा समेत अझै संबेदनशील भएर लागिपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here