हेटौंडाः मकवानपुर जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाललाई पितृशोक परेको छ ।

प्रमुख खुलालका पिता हेटौंडा उपमहानगरपालिका–१७ हटियामा स्थायी घर भएका रबि बहादुर खुलालको ८८ वर्षको उमेरमा आज शनिबार बिहान निधन भएको हो ।

हेटौंडाको हटियामा शनिबार नै उनको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय रबि बहादुर खुलालको चार जना छोराहरु छन् ।