तस्वीरः जिप्रका मकवानपुर

हेटौंडाः ४ तोला सुन चोरी भाग्न खोज्ने एक जनालाई मकवानपुर प्रहरीले लुटिएको सुन सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको भिमफेदी गाउँपालिका–८ बस्ने १८ वर्षीय सुरज ओलीलाई पक्राउ गरेको हो ।

हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी रोड बस्ने राहुल सुनारको बासुमार्ग स्थित केदारनाथ सुनचाँदी पसलबाट ३ तोला ११ लालको सुनको सिक्री र १ तोला ७ लालको सुनको ब्रासलेट गरी ४ तोला ११ दशमलव ७ लालको सुनका गरगहना लुटी भाग्न खोज्दा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले सुन लुटेर ना ४३ प ८२६४ नम्बरको मोटरसाइकलमा भाग्न खोज्दा ओलीलाई सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । निज उपर चोरी कसुरमा आवश्यक अनुसन्धान कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here