तस्वीरः जिप्रका मकवानपुर

हेटौंडाः मकवानपुर प्रहरीले लागु औषध चरेससहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसे चोकबाट २५ केजी लागुऔषध चरेस सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

प्रहरीचौकी भैंसेबाट प्रहरी निरीक्षक दिलिप कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले लागु औषध चरेशसहित भारत बिहार मोतिहारी सिसुवा ग्राम–२ बस्ने २५ वर्षीय राजेश यादव र सोही स्थानका १८ वर्षीय ऋषि कुमार यादवलाई पक्रउ गरेको जिल्ला प्रहरीले जनाएको छ ।

पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा. २५ प ८७८३ नम्बरको मोटरसाइकललाई सुरक्षाजाँच गर्ने क्रममा मोटरसाइकलको सिट र ट्याङकी मुनी फल्स बटम बनाई लुकाई राखेको अवस्थामा प्रहरीले चरेश बरामद गरेको जनाएको हो ।

लागूऔषध चरेस सहित निजहरूले प्रयोग गरेको मोटरसाइकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ल प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले गराएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here