सांकेतिक तस्वीर

हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ देउरालीमा टाटासुमो दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सडकबाट तल खस्दा टाटा सुमो ध्वस्त भएको छ ।

सुमो दुर्घटनामा परी घाईते भएकाहरुको हेटौंडास्थित चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।
बीरगंजका लागि काठमाडौंबाट छुटेको ना १ ज २८९९ नम्बरको सुमो दुर्घटनामा परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here