हेटौडा,१५ मंसीर । छहारी नेटवर्क अनलाइनमा प्रकाशित समाचारमा अश्लिल शव्द प्रयोग गरी कमेन्ट गर्ने हेटौँडा–१३ का २४ बर्षिय बसन्त थोकरलाई शुक्रबार प्रहरीले पक्राउ गरेपछि उनले आज सार्वजनिक रुपमा माफी मागेर प्रहरी हिरासतबाट छुटेका छन् ।

अनलाइनमा प्रकाशित समाचारमा अश्लिल शब्द प्रयोग गरी कमेन्ट गरेको भन्दै अनलाईकी संचालिका सरला अधिकारीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । आइतबार जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा आफुले अश्लिल शव्द लेखेर गल्ति गरेको थोकरले स्वीकार गर्दै उनले सार्वजनिक रुपमा माफी मागेका थिए।

उनले आगामी दिनमा यस्तो कानून विपरितको काम आफुले नगर्ने प्रतिबद्धतासहित लिखित तथा सार्वजनिक रुपमा आफ्नो फेसबुक मार्फत माफी मागेपछि उनलाई छाडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवनकुमार झाले जानकारी दिनुभयो ।