हेटौंडाः लैंगिक हिंसा विरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियानको छैठौं दिन हेटौंडामा कविता वाचन तथा अन्तरक्रिया कार्यक्रम भएको छ । महिला साहित्यकारहरु आबद्ध आँचल साहित्य कला पुञ्जको आयोजनामा कविता वाचन तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।

भैरवरोडस्थित साहित्य संगमको सभाहलमा भएको कार्यक्रममा कविता मार्फत् साहित्यकारहरुले महिला हिंसा अन्त्यका लागि खबरदारी गरेका थिए । आँचलकी कार्यवाक अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता तथा अधिवक्ता ललिता श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमको साहित्य संगमका अध्यक्ष निमेष निखिल, आँचलकी संस्थापक अध्यक्ष मुना अर्याल, अग्रज साहित्यकार तुल्सी घिमिरे, सिस्नुपानी मकवानपुरका अध्यक्ष गणेश पौडल, पत्रकार तथा साहित्यकार सरिता दाहाल, सुवास खनाल लगायत अतिथि रहेका थिए ।

आँचलकी सदस्य गंगा सापकोटा कार्यक्रम संयोजक रहेको कार्यक्रममा डिबी बर्तौला, सानुबाबु खनाल, माधव भण्डारी, गंगा सापकोटा, सविता तिमल्सिना, गोपिनी गौतम, मसान उपासक, लक्ष्मी विश्वकर्मा, ववी थापा, रञ्जिता डंगोल, शुभलक्ष्मी विक लगायतले रचना वाचन गरेका थिए ।

जिल्ला समन्वय समिति मकवानपुरका उपाध्यक्ष भगवती पुडासैनीको संयोजकत्वमा आयोजक मुल समारोह समिति गठन गरिएको छ । विविध कार्यक्रमको आयोजना गरी लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान मनाईंदै छ ।