हेटौंडा,१२ मंसीर । लामो समयदेखि त्रिभुवन विश्वविद्यालय अन्र्तगत हेटौंडामा रहेको वनविज्ञान अध्ययन संस्थान र कृषि तथा वन विश्वविद्यालय ९एएफयु० बीचको विवाद अन्तरगत आज त्रिविले पत्रकार सम्मेलन गरी एएफयुले बल मिचाई गरेको आरोप लगाएको छ ।

विवाद समाधान गर्न नेपाल सरकारले २०७४ मा ६० बिगाहा जग्गा एएफयुलाई दिने निर्णय गरेको वनविज्ञान अध्ययन संस्थानले दिने भनेअनुसार सोही त्रिविले एएफयुलाई जग्गा दिइसकेको थियो । तर एएफयुले आफुले प्राप्त गरेको जग्गा उपयोग नगरी वनविज्ञान अध्ययन संस्थानको नाममा रहेको जग्गामा भवन निर्माण थालेपछि फेरि विवाद भएको वनविज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसका प्रमुख श्यामकिशोर साहले जानकारी दिए ।

एएफयुले जर्वजस्ती गरेर वनविज्ञानको जग्गामा भवन निर्माण गर्न थालेपछि मुद्दा अदालतमा पुगेको थियो । आफ्नो जग्गामा एएफयुले भवन निर्माण गर्न लागेको भन्दै वनविज्ञान अध्ययन संस्थानले उच्च अदालत पाटन हेटौंडा इजलासमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको सुनुवाइ गर्दै अदालतले २०७६ भदौ ८ गते एएफयुलाई भवन निर्माण नगर्न आदेश दिएको थियो ।

अदालतका न्यायाधीसद्वय टेकराज नेपाल र चण्डिराज ढकालको संयुक्त इजलासले विवादको टुंगो नलागेसम्म भवन निर्माण र रुख कटान नगर्नु, नगराउनु भनि अन्तरिम आदेश दिएको थियो । २०७६ साउनमा पनि एएफयुले जर्वजस्ती रुख काट्ने र संरचना निर्माण गर्न लागेको भन्दै हेटौंडा इजलासमा निवदेन दिएपछि न्यायाधीस ढकालको एकल इजलासले रुख काट्न र भवन निर्माण नगर्न अन्तरिम आदेश दिएका थिए ।

एएफयुले अदालतको आदेशलाई समेत लत्याउँदै भवन निर्माण अगाडि बढाएको भन्दै वनविज्ञानले बिहीबार पत्रकार सम्मेलन गरेर आपत्ती जनाएको हो। अदालतको आदेशमा भवन निर्माण नगर्नु भने पनि एएफयुले दिनरात निर्माण कार्य अगाडि बढाएको वनविज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसका प्रमुख साहले बताए । त्रिविले दिएको जग्गामा भवन निर्माण नगरी जर्वजस्ती जग्गा अतिक्रमण गरेर काम गरिरहँदा पनि सरकोकारवाला निकायले चासो नदिएको उनले आरोप लगाए ।