पार्क निर्माणस्थल अवलोकनका क्रममा हर्नामाडी पुगेको प्रतिष्ठानको टोली

हेटौंडा,७ मंसीरः साहित्यकार श्यामप्रसाद शर्माको स्मृतिमा गठिन श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानको पहलमा मकवानपुरको हृटौंडा उपमहानगरपालिका–१८, हर्नामाडीमा श्यामप्रसाद स्मृति पार्क निर्माण गरिने भएको छ ।

पार्क निर्माणका लागि आज त्यहाँस्थित एक भेलाले रामबाबु खतिवडाको अध्यक्षतामा ७ सदस्यीय कमिटी गठन गरेको हो ।

समितिको सचिवमा सचिवमा पुरुषोत्तम आचार्य र कोषाध्यक्षमा दुर्गा खतिवडा चयन भएका छन् । समितिको सदस्यहरुमा देवराज घिमिरे, सजनी श्रेष्ठ, बद्रीनाथ अधिकारी र शुभलक्ष्मी विक चयन भएका छन् ।
पार्क निर्माणका लागि उपभोक्ता समिति गठन गर्नुका साथै पार्कका लागि छुट्याईएको क्षेत्र अवलोकनका लागि प्रतिष्ठानका अध्यक्ष कौशल पाण्डेसहित उपाध्यक्ष इन्द्र नेपाल, महासचिव नवराज शर्मा, सचिव सुवाश खनाल, सदस्यहरु ऋषिराम पोखरेल, पुरुषोत्तम आचार्य, अरुण खतिवडा, साहित्यकार भावना सापकोटा, पत्रकार पविना लामा लगायत स्थानीयहरु त्यस क्षेत्रमा पुगेका थिए ।

सो क्षेत्रमा साहित्यकार श्यामप्रसादको शालिकसहितको पार्क निर्माण गर्ने लक्ष्य राखिएको प्रतिष्ठानका अध्यक्ष कौशल पाण्डेले बताए । सो योजनालाई सफल बनाउन पर्यटन मन्त्रालय, हेटौंडा उपमहानगरपालिका र हेटौंडा–१८, तथा प्रदेश सरकारले सहयोग गर्ने जनाइएको छ ।

पार्क निर्माणका लागि जग्गा सहित केही बजेटको समेत व्यवस्था भइसकेको अवस्थामा योजना अगाडी बढाउन हेटौंडा–१८ का अध्यक्ष अनिल बानियाँ, पर्यटन मन्त्रालयका इन्जिनियर सहितको टोलीले आज सो क्षेत्र अवलोकन गरेको हो ।

पार्क निर्माणस्थल अवलोकनका क्रममा हर्नामाडी पुगेको प्रतिष्ठानका अध्यक्ष पाण्डे सहितको टोली

योजना अघि बढाउन आवश्यक व्यवस्था मिलिसकेकोले तत्काल काम अघि बढाइने श्यामप्रसाद स्मृति पार्क निर्माण समितिका सचिव पुरुषोत्तम आचार्यले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here