सांकेतिक तस्वीर

हेटौंडा,२६ कात्तिकः १४ बर्षीया किशोरीलाई जवरजस्ती करणी गरको अभियोगमा कैलाश गाउँपालिकाका एकजना २० वर्षीय युवक पक्राउ परेका छन् ।

१४ बर्षीय एक किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको आरोपमा मकवानपुर प्रहरीले एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–२, बस्ने २० बर्षीय दिपेश भन्ने अनिश प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ललन कुर्मीले बताएका छन् ।

म्याद थप गरी प्रजामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here