हेटौंडा,२४ कात्तिकः नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेकपा परित्याग गरी २० जना सक्रिय नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् ।

सो पार्टीका नारायणी व्युरो सदस्य चन्द्रबहादुर थिङको नेतृत्वमा ईलाका सेक्रेटरी बलराम नेगी, क्रान्तिकारी युवाका केन्द्रीय सदस्य आइसमान ब्लोनसहित इन्द्रसरोबर गाउँपालिका कमिटीका २० जना पदाधिकारी नेकपामा प्रवेश गरेको नेकपा मकवानपुरका सचिव तथा प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले बताएका हुन् ।

पार्टी प्रवेश गर्नेहरूलाई प्रतिनिधिसभा सदस्यसमेत रहेका नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विरोध खतिवडाले टीका र खादा लगाएर स्वागत गरेका थिए । स्वागत कार्यक्रममा बोल्दै नेकपा नेता खतिवडाले नेकपा सरकारले राष्ट्रियता र सर्वहारा वर्गको हितमा काम गर्ने बताए ।

पार्टी प्रवेश कार्यक्रममा नेकपाका जिल्ला सह–इन्चार्ज तथा केन्द्रीय सदस्य रामेश्वर राना, नेकपा जिल्ला कार्यालय सदस्य प्रमिला लामा सहित अन्य नेताहरूको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here