हेटौंडा,२२ कात्तिकः बाराको निजगढ नगरपालिका–३, सिंगौलस्थित टासी धार्गेलिङ बौद्ध गुम्बा मेलामा कलाकारहरुको जमघट हुने भएको छ । कात्तिक २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने मेलामा नेपाल आईडल बुद्ध लामासहित ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको जमघट हुने भएको हो ।

‘कला, संस्कृति, भाषा, साहित्य र धर्मको संरक्षण गरौं’ भन्ने मुल नाराका साथ हरेक वर्ष आयोजना गरिँदै आएको मेलाको ३६औं संस्करणलाई भव्य बनाउन लागिएको टासी धार्गेलिङ बौद्ध गुम्बा मेला व्यवस्थापन समितिका अध्यक्ष बुध्दसिं लामा मोक्तानले जनाए ।

कार्यक्रमका लागि नेपाल आईडल बुद्ध लामाको साथमा गायकहरु बिनोद ढकाल, प्रतिक भोलोन, अनिष योन्जन, विनय कार्की, सुरेश लामा र रविन भुजेल सिंगौल पुग्नेछन् ।

कार्यक्रममा नायक रोहित रुम्बा, नायिका विनिता ओझा, कलाकार अमृत राउत, सिरजना खत्री र हाँस्य कलाकारहरु रेशम फिरिरी तथा बुद्धि तामाङको प्रस्तुती रहने छ, भने भिमफेदी गाईजको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ । साथै, पुस्प जनजागरण साँस्कृतिक परिवार र निजगढ साँस्कृतिक कला केन्द्रका कलाकारहरु तथा स्थानीय कलाकारहरुले प्रस्तुती दिने कार्यक्रम रहेको छ ।

टासी धार्गेलिङ बौद्ध गुम्बा मेला व्यवस्थापन समिति, सिंगौलको आयोजनामा कार्यक्रम हुन लागेको हो । निजगढस्थि टासी धार्गेलिङ बौद्ध गुम्बा परिसरमा सञ्चालन हुने मेलामा सहभागी हुन आयोजकले सबैमा आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here