हेटौंडा,२२ कात्तिकः हरिबोधनी एकादशीका दिन लाग्ने मेलाका लागि आज त्रिखण्डीमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–१, त्रिखण्डीमा रहेको त्रिखडेश्वर महादेवको दर्शन तथा मेला अवलोकनका लागि बिहानैबाट भक्तजनहरुको भीड लागेको हो ।

भक्तजनहरु आउने क्रम जारी रहेको र मन्दिर परिसरका साथै सो क्षेत्रको सडकखण्डमा समेत भीड बढेको त्रिखण्डेश्वर मन्दिर विकास समितिले जनाएको छ ।

मेलाको समयमा हुने भीडलाई व्यवस्थित बनाउन र सम्भावित अराजक गतिबिधिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय (जिप्रका), मकवानपुरले जनाएको छ । जिप्रका मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहका अनुसार कार्यालयले प्रहरी निरीक्षक पवन कुमार झाको नेतृत्वमा प्रहरी टोली खटाएको हो ।

मेला अवधिमा हुने भीडका कारण सवारी आवतजावतमा हुने समस्या व्यवस्थापनका लागि ट्राफिक प्रहरी पनि खटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख हरि बिष्णु ढकालले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here