रजुवास्थित घरको पिँढीमा बसेर खोप दिँदै स्वास्थ्यकर्मी र सेवा लिँदै सेवाग्राहीहरु तस्वीरः प्रतिक भोलोन

हेटौंडा,२२ कात्तिकः बकैया गाउँपालिकाको रजुवामा चरम स्वास्थ्य समस्या रहेको भन्दै स्थानीयले गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् ।

खोप लिनका लागि घरको पिँढीमा सेवाग्राहीहरु लाइनमा बसेको फोटो सार्वजनिक गर्दै स्थानीय प्रतिक भोलोनले गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे लगायतको ध्यानाकर्षण गराएका हुन् ।

गाउँपालिकाले १ नम्बर वडाको स्वास्थ्यका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा ‘त्यसले के बन्छ?’ भन्दै उनले सामाजिक सञ्जाल फेसबुक मार्फत स्थानीय स्तरमा व्याप्त स्वास्थ्य समस्याको उजागर गरेका हुन् । ‘रजुवामा स्थानीय सरकारले हालसम्म स्वास्थ्य, जस्तो संवेदनशील विषयमा ध्यान दिएको देखिन्न’ भन्दै उनले गाउँपालिका प्रमुख, उपप्रमुख लगायतको ध्यानाकर्षण गराएका छन् ।

उनका अनुसार नाग दह, नयाँ बस्ती, हाँडी, ढिकी फेदी, धोवी खोला, धोवी गाउँ, इपिलबस्ती, डाङ्डुङ्गे, बिजय बस्ती लगायत गाउँका सेवाग्राही महिलाहरु महिनाको एकपटक खोपका लागि रजुवा धाउने गर्छन् । भरपर्दो स्वास्थ्य केन्द्रको अभावमा यहाँका सेवाग्राही विरामी पर्दा बारा, रौतहट, बीरगंजसम्म धाउनुपर्ने बाध्यता रहेको भन्दै स्थानीय गुनासो गर्छन् ।

रजुवास्थित घरको पिँढीमा बसेर खोप दिँदै स्वास्थ्यकर्मी र सेवा लिँदै सेवाग्राहीहरु
तस्वीरः प्रतिक भोलोन, रजुवा

‘यो हालतमा सेवा प्रदान गर्न स्वास्थ्यकर्मी बाध्य छन् । अरुको घरको पिँढीमा बसेर’ भन्दै गायक तथा स्थानीय प्रतिक भोलोनले उनको फेसबुकमा तस्वीर सार्वजनिक गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here