कार्यक्रममा भनाई राख्दै अदालतका रजिष्टार विकाश श्रेष्ठ, साथमा न्यायाधीशद्वय चण्डीराज ढकाल र बिष्णुदेब पौडेल

हेटौंडा,२१ कात्तिकः उच्च अदालत पाटन हेटौंडा ईजलाशका मुख्य न्यायाधीश बिष्णुदेब पौडेलले राज्यमा सबैभन्दा बढी राम्रो काम गर्ने निकाय अदालत भएको दावी गरेका छन् ।

उच्च अदालत हेटौंडा ईजलाश पाटनले आज हेटौंडामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनताले अदालतबाट न्याय पाउने भएकै कारण शान्त भएको बताएका हुन् ।

मुख्य न्यायाधीश पौडेलले हालसम्म अदालतमा जन गुनासो नपरेको समेत प्रष्ट्याएका छन् । उनले “व्यवहार बिग्रे अदालत, स्वास्थ्य बिग्रे अस्पताल जाने हो त्यसैले राज्यमा सबैभन्दा राम्रो काम गर्ने निकाय अदालत र अस्पताल हुनै पर्छ ।” भने । संचारकर्मीलाई जनमानसमा न्यायालयले गरेको कार्य पु¥याईदिन समेत उनले आग्रह गरे ।

अदालतले हालसम्म कार्यालयमा चालु आर्थिक बर्षमा कूल ९ सय ९४ वटा लगत मुद्धामध्ये २ सय ४३ वटा फछ्र्यौट भएको र ३ सय ५१ वटा बाँकी रहेको कार्यक्रममा जानकारी गराइएको छ । चालु महिनामा अदालतले १ सय ७१ वटा मुद्धा फछ्र्यौट गर्ने लक्ष्य राखेको जनाइएको छ ।

अदालतले गत आर्थिक बर्षको जिम्मेवारी सरेर आएको मुद्धा २ सय ८६ वटालाई चालु आर्थिक बर्षभित्र फछ्र्यौट गर्ने चालु आर्थिक बर्षको ५० प्रतिशत फछ्र्यौट गर्ने कार्ययोजना रहेको अदालतका सूचना अधिकारी अमृत घिमिरेले जानकारी दिए ।

मुख्य न्यायाधीश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्यायाधीश चण्डीराज ढकाल, अदालतका रजिष्टार विकाश श्रेष्ठ लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।