File Photo

सत्ता र विद्रोहीका काममा हत्तपत्त समानता पाइँदैन । तर, त्यस्तै संयोग देखिएको छ ।

सरकारले जुवातास जस्ता सामाजिक विसंगतिमाथि निर्ममताका साथ कारबाही अगाडि बढाउँदै छ । सशस्त्र विद्रोहरत विप्लव नेतृत्वको नेकपा पनि अहिले त्यही अभियानमा छ, जुवातास एवम् तस्करी नियन्त्रण गर्ने ।

यो खबर आज बुधबार प्रकाशित भएको जनआस्था साप्ताहिकले छापेको छ । उसले पार्टी पुनर्गठन भएको दिन अर्थात् मंसिर ८ मा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई युट्युब अन्तरवार्ता मार्फत् सार्वजनिक गर्दैछ ।

प्रचण्डबाट छुट्टिएको दिनलाई भव्य बनाउनका निम्ति सभा, सांस्कृतिक कार्यक्रम, उपहार, शुभकामना आदानप्रदानसँगै शहीद परिवारसहित जनयुद्धका घाइते, अपांग, बेपत्ता परिवारलाई सम्मान, क्रान्तिकारी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बृद्धबृद्धाको सम्मान, भेटघाट जस्ता कार्यक्रम विप्लव नेतृत्वको पार्टीले तय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here