सलामी ग्रहण गर्दै प्रदेश प्रमुख प्रसाईं

हेटौंडा,२० कात्तिकः नेपाल सरकारबाट प्रदेश प्रमुखमा नियुक्त भएका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई आज प्रदेश प्रमुखको कार्यालय हेटौंडामा स्वागत गरिएको छ ।

आज दिउँसो २ बजे कार्यालय आईपुगेका प्रमुख प्रसाईंलाई ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, सामाजिक विकासमन्त्री युवराज दुलाल सहित यस प्रदेशका सांसद सहित जनप्रतिनिधिहरु, कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरुको टोलीले स्वागत गरेको हो ।

प्रमुख प्रसाईंलाई स्वागत गर्दै प्रदेशका मन्त्रीहरु

स्वागतपछि उनले आजै पदभार समेत ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले प्रदेश ३ को प्रगतीको लागि आफूले उल्लेख्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here