हेटौंडा,२० कात्तिकः ३ नम्बर प्रदेशका प्रमुख विष्णु प्रसाईंको पदभार प्रहण कार्यक्रम आज हेटौंडामा हुने भएको छ । हिजो राष्ट्रिपति विद्यादेवी भण्डारीबाट सपथ खाएका प्रसाईंले आज हेटौंडामा रहेको प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्ने भएका हुन् ।

आज दिउँसो १ बजे पदभार ग्रहणको कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । आज कार्यालयका सबै कर्मचारी, प्रदेशका मन्त्री तथा कर्मचारीहरुले स्वागत गर्ने कार्यक्रम रहेको छ । दिउँसो १ बजे तय गरिएको कार्यक्रमका लागि प्रदेश प्रमुख प्रसाईं आजै काठमाडौंबाट हेटौंडातर्फ आउँदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here