हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । नेकपाको आज सोमबार दिउँसो बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाई सरकारलाई सिफारिस गर्ने तयारी गरेको हो ।

बैठकको निर्णय अनुसार अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा), गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौं) र विष्णु प्रसाईँ (झापा)को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको बैठकपछि नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए ।

यद्यपि कसलाई कुन प्रदेश प्रमुखको जिम्मेवारी दिने भन्नेचाहिँ मन्त्रिपरिषद्ले टुंगो लगाउने महासचिव पौडेलको भनाई छ । सिफारिस नाममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भने असहमति राखेका छन् । आफूले सिफारिस गरेका नाम नअटेपछि नेता नेपालले एकतर्फी निर्णय भएको भन्दै लिखित असहमति राखेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here