हेटौंडाः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल हेटौंडामा रहेको शहीद स्मारक व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका छन् ।

पार्क व्यवस्थापन समितिको १३औं परिषद् बैठकले मुख्यमन्त्री पौडेललाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । बैठकले मुख्यमन्त्री पौडेलको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्तिक १८ गते सोमबार बस्ने समितिको बैठकले पदाधिकारी छनोट गर्ने कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले जानकारी दिएका छन् ।

हेटौंडा उपमहानगरपालिका–११, नवलपुरस्थित शहीद स्मारक व्यवस्थापन समितिमा रहेर २०५१ सालदेखि निरन्तर नेतृत्व सम्हाल्दै आएका पौडेल पुनः अध्यक्षमा चयन भएका हुन् । मुख्यमन्त्रीजस्तो गरिमामय पदमा रहेका पौडेलले पार्क व्यवस्थापन समितिको अध्यक्षमा निरन्तरता दिनुलाई कतिपयले पदमोह भन्दै सामजिक सञ्जालमा टिकाटिप्पणी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here