Photo: Google

हटौंडाः आज आइतबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गर्दै ब्रतालुहरुले यसवर्षको छठ पर्व समापन गरेका छन् ।

छठ पर्वको मुख्य दिन हिजो साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइएको थियो । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बिहीबारदेखि सुरु भएको हो ।

विगतमा विशेष गरी तराईमा क्षेत्रमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरुले मनाउँदै आएको यस पर्व केही वर्षदेखि अन्य समुदायले पनि मनाउन थालेका छन् । देशका विभिन्न क्षेत्रहरुमा छठ मनाइरहँदा मकवानपुरको हेटौंडामा पनि केही वर्षयता राप्ती खोला किनारामा भव्य पूजाआजा हुने गरेको छ । केही ब्रत भर्न जान्छन् भने दर्शकको पनि उत्तिकै भीड रहने गरेको छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथन बमोजिम त्यही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् भन्ने मान्यता छ । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरु भएको विश्वास गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here