हेटौंडा,८ कात्तिकः मकवानपुर जिल्लाकै पुरानो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसको प्रमुखमा डा. शंकर प्रसाद उपाध्याय नियुक्त भएका छन् ।

हिजो बुधबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले डा. उपाध्यायलाई आगामी ४ वर्षे कार्यकालका लागि क्याम्पस प्रमुखमा नियुक्त गरेको थियो । आज आयोजित कार्यक्रमका बीच नवनियुक्त क्याम्पस प्रमुख डा. उपाध्यायलाई सो जिम्मेवारीमा पदस्थापन गरिएको हो ।

त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नात्तकोत्तर, कानून विषयमा स्नातक उत्तीर्ण उपाध्यायले भारतको मेवाड विश्वविद्यालयबाट दुई वर्षअघि मात्रै विद्यावारिधीको उपाधी हासिल गरेका थिए ।

हेटौंडा उपमहानगरपालिका–२ मा रहेको मकवानपुर बहुमुखी क्याम्पस जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने र धेरै संकायहरुमा पठनपाठन हुने क्याम्पसको रुपमा समेत परिचित छ ।