हेटौंडा, ५ कात्तिक । मकवानपुर प्रहरीले ज्याकेट भित्र लुकाइ छिपाई ल्याएको ४ किलो लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।मकवानपुर प्रहरी पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटोबाट ४ किलो लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो ।

मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गर्दै यस बारेमा जानकारी गराएको हो । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी सहायक निरीक्षक महानन्द प्रसाद कुर्मीको कमाण्डमा खटि गएको प्रहरी टोलीले हेटौडाबाट विरगंज तर्फ जाँदै गरेको ना ५५ प ६०२५ नम्बरको मोटरसाइकललाई रोकि चेकजाँच गर्दा लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here