काठमाडौं , ४ कात्तिक । सडक मार्गलाई छोट्याउन र सहज बनाउन नेपालमा १०३ वर्षअघि नै मकवानपुरको चुरियामाई सुरुङमार्ग बनाइएको थियो । अमलेगञ्ज–हेटौंडा सकडखण्डमा राणाहरुले बनाएको ७ सय मिटरको सुरुङमार्ग अहिले भग्नावशेष मात्र बाँकी छ ।

जापान सरकारको १६ अर्ब सहुलियतपूर्ण ऋणमा बनाउन लागिएको सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभयो । योजनाअनुसार काम भए जापानी कम्पनी हाज्मा आन्दो जेभीले साढे ३ वर्षमा यो सुरुङमार्ग सरकारलाई हस्तातरण गर्नेछ र नागढुंगाको जाम हट्नेछ ।

सन् १९१७ पछि यो प्रविधिलाई नेपालले कहिल्यै निरन्तरता दिएन । तर, एक शताब्दी बितेपछि सरकारले सोमबार अर्को सुरुङमार्ग बनाउन सुरुआत गर्दैछ काठमाडौं भित्रिने नाका नागढुंगामा ।

अध्ययनमा रहेका सुरुङमार्ग

१.सिद्धबाबा

२.थानकोट–चित्लाङ

३.कुलेखानी–भीमफेदी

४.कोटेश्वर–जडीबुटी

५. टोखा–छहरे–गुर्जुभन्ज्याङ

६. नयाँ बानेश्वर अन्डरपास

७. बेत्रावती–स्याफ्रुबेसी (घट्टेखोला)

८. गोदाबरी–मानेचौर

९.बुटवल–नारायणगढको दाउन्ने उकालो

१०.कैलालीको खुटिया–बीपीनगर–दिपायल

११.हेम्जा–नयाँपुल

१२.दोलखाको लामाबगर

१३. खुर्कोट–चियाबारी

१४. फास्ट ट्रयाक (महादेवडाँडा धेद्रे र लेनडाँडा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here