“पदचाप'' संस्मरण कृतिको विमोचन गर्दै सांसद खतिवडा लगायतका अतिथिहरु

हेटौंडाः साहित्यकार अरुण खतिवडाको संस्मरण संगालो “पदचाप“को हेटौंडामा विमोचन भएको छ । राधेश्याम विजया फाउन्डेसनद्वारा प्रकाशित “पदचाप“ संस्मरण कृतिको मकवानपुरका संघीय सांसद विरोध खतिवडा लगायत अतिथिहरुले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपालको आयोजनामा पुस्तक विमोचन तथा अन्तरक्रिया कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष तथा सर्जक संजाल मकवानपुरका अध्यक्ष निमेष निखिल, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपालका सदस्य ऋषिराम पोखरेल, झरना साहित्य समाजका पूर्व अध्यक्ष रमेशमोहन अधिकारी, प्रलेस मकवानपुरका अध्यक्ष शान्तिप्रिय बन्दनाले पुस्तकबारे विबेचना गरेका थिए ।

श्यामप्रसाद स्मृति प्रतिष्ठानका अध्यक्ष कौशल पाण्डेको सभाध्यक्षता तथा प्रतिनिधि सभा सदस्य विरोध खतिवडाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा पदचाप संस्मरणका लेखक अरुण खतिवडा लगायत मकवानपुरका साहित्यकार तथा साहित्यप्रमीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here