-बिदुर खडका
जितपुर,०३ कार्तिक । तराईका महिलाहरु सहकारीमा आबद्ध भई घरको जोहो टार्ने काममा पुरुषहरुलाई सगाउने संस्कृतिमा रुपान्तण हुन थालेका छन । कोसेली महिला बचत तथा ऋण सहकारी संस्था फत्तेपुरको ८ औ बार्षिक साधारण सभामा महिलाहरुको सक्रियता रहेको पाईएको छ।

जितपुर सिमरा उपमहानगरपालिका १२ मा रहेको बिशुद्ध महिलाहरुले मात्र संञ्चालन गरेको सहकारी संस्थाको साधारण सभाको उद्घाटन गर्दै बारा जिल्ला बचत तथा ऋण सहकारीसंगका अध्यक्ष सतेन्द्र ठाकुरले तराईका महिलाहरु घुम्टो प्रथालाई तोड्दै नेतृत्वमा आउन थालेकोमा खुशी ब्यक्त गरेकाछन । महिला सहकारीको साधारण सभालाई बिभिन्नसंग संस्थाका प्रतिनिधिहरुले संम्बोधन गरेका थिए ।

४४० जना बिसुद्ध महिला सदस्य रहेको सहकारी संस्थाको बार्षिक आयब्याय बिवरण कोषाध्यक्ष बिनिता चौधरीले गरेका हुन् । संस्थाले ५३ हजार खुदनाफा गरि तराईका महिलाहरुलाई घुम्टो प्रथाबाट बाहिर आएर महिलाहरुमा चेतना जगाउने काम गरेकोमा बक्ताहरुले धन्याबाद ज्ञापन गरेका थिए ।

साधारण सभाले मंन्जु देबि थरुनीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति समेत चयन गरेको छ । साधारण सभालाई फत्तेपुर माबिका धनिराम चौधरी, थारु कल्याणकारीकि सुमित्रा चौधरी, वडा अध्यक्ष लालबाबु राय, संञ्चारकर्मी बिदुर खडकालगाएतले संम्बोधन गरेको साधारण सभाको अध्यक्षता मंन्जु देबि थरुनिले गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here