तस्वीरः जिप्रका, मकवानपुर

हेटौंडा,३ कात्तिकः जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय २२ किलो लागुऔषध गाँजा सहित राक्सिराङबाट एक जानलाई पक्राउ गरेको छ ।

३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले १ सय २२ किलो १०० ग्राम लागू औषध गाँजासहित राक्सिराङका प्रकाश मोक्तानलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरी गाँजा सहित राक्सिराङ गाउँपालिका–१ बस्ने ३३ बर्षीय प्रकाश मोक्तानलाई सार्वजनिक गरेको हो ।

‘मोक्तानले आफ्नो घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ’ भन्ने विशेष सुचनाको आधारमा प्रहरी निरीक्षक पवन कुमार झाको नेतृत्वमा गएको प्रहरी टोलीले निजको घरमा खानतलासी गर्दा ६ वटा सेतो रङको बोरामा लुकाई राखेको लागुऔषध गाँजा सहित निजलाई पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । नियन्त्रणमा लिइएका मोक्तानलाई आवश्यक अनुसन्धान तथा कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here