Photo:Google

हेटौंडाः ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दुई वर्षको अवधिमा सवारी चालक अनुमति पत्र बिना नै सवारी चलाउने करिब सात हजार सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक प्रहरी हेटौंडाको अनुसार विभिन्न स्थानमा सुरक्षाजाँच गर्ने क्रममा चालक अनुमती पत्र बिना नै सवारी चलाउने ६ हजार ६ सय ७७ जनालाई कारबाही गरिएको हो ।
सवारी चालक अनुमति पत्र नपाएकाले सवारी चलाउनु ट्राफिक नियम विपरित मात्र नभई बढ्दो सवारी दूर्घटना भएकाले उनीहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरीको भनाइ छ । ट्राफिक कार्यालय मकवानपुरका काशी थापामगरले दिएकोे जानकारी अनुसार आर्थिक वर्ष २०७४/०७५ मा सवारी चालक अनुमति पत्र बिना नै सवारी चलाउने चारहजार नौ जनालाई कार्वाही गरिएको थियो ।

उक्त कार्वाहीबाट २३ लाख ६८ हजार पाँचसय रुपैयाँ राजश्व संकलन भएको उनले बताए ।
त्यसैगरी आर्थिक वर्ष २०७५/७६ मा दुई हजार पाँचसय २८ जनाले सवारी चालक अनुमती पत्र बिना नै सवारी चलाएको ट्राफिक कार्यालय हेटौंडाले जनाएको छ । उक्त कार्वाहीबाट १८ लाख ४१ हजार रुपैयाँ जरिवाना उठाइएका जनाइएको छ । त्यस्तैगरी चालु आर्थिक वर्षको ०७६/७७ को दुई महिनाको अवधिमा प्रहरीले एकसय चालिस जनालाई सवारी चालक अनुमती पत्र बिना नै सवारी चलाएको भन्दै कार्वाही गरेको जनाइएको छ ।

उक्त कार्वाही गर्दा एक लाख चालिस हजार राजश्व संकलन भईसकेको ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि बिष्णु ढकालले जानकारी दिए । उनले पछिल्लो समय डर लाग्दो गतिमा सवारी दूर्घटना बढेको हुँदा सवारी चलाउन परिपक्क भएकाले मात्रै चलाउन् भन्ने हेतुले सवारी चालक अनुमती पत्र थप अनिवार्य गर्न जरिवाना रकम पनि बढेको जानकारी दिए ।