हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको विभिन्न स्थानमा लगाइएको गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत राक्सिराङ गाउँपालिकामा रहेको गाँजा खेती नष्ट गरेको छ ।

मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहको कमाण्डमा त्यस क्षेत्रमा पुगेको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका वडा नम्बर–२ को कालीधाप, चनौटा र मिग्रान भन्ने स्थानमा ३ बिगाहा २ कठ्ठा जग्गामा लगाईएको गाँजाको बोटहरु नष्ट गरेको जनाएको हो ।

प्रहरीले समुदाय–प्रहरी साझेदारी अन्तर्गतका विभिन्न समितिहरुसँगको सहकार्यमा लागू औषध नियन्त्रणमा आम समुदायको भुमिका बारे छलफल समेत गरेको जनाएको छ । साथै, कानुनी व्यवस्था र यसका नकारात्मक प्रभावबारे जनचेतनामुलक पर्चा–पम्प्लेट वितरण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here