तस्वीरः जिप्रका मकवानपुर

हेटौंडा: मकवानपुर प्रहरीले विभिन्न स्थानबाट लागू औषध चरेस र गाँजा सहित ५ जनालाई प्रकाउ गरेको छ ।

प्रहरीले शनिबार बिहान करीब १० बजे हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा हेटौंडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय सवारी बीआर ०१ पीएफ ७९९८ नंको कार रोकी जाँच गर्दा स्टेयरिङसँगैको डेसबोर्डभित्र लुकाइराखेको चार केजी ९०० ग्राम अवैध चरेस फेला परेपछि सो कारमा रहेका ३ जनालाई कारसहित पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला मजफ्फरपुर दादर बस्ने २८ वर्षीय शिवराज सिंंह, सोही ठेगानाका २४ वर्षीय ज्ञानीकुमार पासवान र भारत बिहार जिल्ला छपरा बस्ने २४ वर्षीय राजु महतो रहेको आईतबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

यस्तै प्रहरीले मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका–४ स्थित कालिका दोभानबाट अवैध गाँजा १२ केजी ४०० ग्राम लिएर हिँडेको अवस्थामा कैलाश गाउँपालिका– बस्ने २६ वर्षीय राजकुमार थिङ र सोही ठेगानाका २१ वर्षीय दिपेश थिङलाई पक्राउ गरेको छ ।

उनीहरुलाई कानूनी कारवाहीका लागि अदालतमा पेस गर्ने जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here