एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता अन्तर्गत आज सेमिफाईनलका खेलहरु हुँदैछन् ।

पहिलो खेलमा किर्गिस्तान र तुर्कमेनिस्तानबीच प्रतिस्पर्धा हुनेछ । ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा उज्वेकिस्तान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल अपरान्ह साढे ५ बजेबाट सुरु हुनेछ ।

समूह ‘ए’ को विजेता बन्दै किर्गिस्तान सेमिफाईनल प्रवेश गरेको हो भने, समूह ‘बी’ मा रहेको तुर्कमेनिस्तानले उपविजेताको रुपमा अन्तिम ४ मा स्थान बनाएको हो । नेपाल भने समूह चरणको दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here