हेटौंडा,१८ जेठः
साहित्य संगम मकवानपुरले आज हेटौंडामा विभिन्न विधाका तीनजना स्रष्टाहरुलाई सम्मान गरेको छ ।
हेटौंडा २ को बनस्खण्डीमा भएको कार्यक्रममा गोपालप्रसाद रिमाल स्मृती सम्मानबाट साहित्यकार तुल्सी थापा, श्यामप्रसाद शर्मा स्मृति सम्मानबाट आख्यानकार नारायण ढकाल र शान्तिदेवी स्मृति बनस्खण्डी सम्मानबाट गायिका शुसीला पाण्डे मानन्धर नगद सहित सम्मानित भएका हुन् ।
साहित्यकार थापा २० हजार, ढकाल १५ हजार तथा पाण्डे नगद सहित सम्मानपत्रबाट सम्मानित भएका हुन् । कार्यक्रममा प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देलको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कवि शुवास खनाल, कवि आत्माराम शर्माले सम्मानित हुनेहरुको विषयमा प्रकाश पारेको थिए । कार्यक्रममा पत्रकार प्रताप विष्ट, कवि आरसी रिजाल, पत्रकार कौशल पाण्डे, गणेशकुमार पौडेल लगायतले मन्तब्य व्यक्त गरेका थिए ।