हेटौंडा,९ जेठः सामाजिक विषयवस्तुमा आधारित हाँस्य व्यङ्ग्य टेलिसिरियल ‘टेन्सन साफ’ युनिट मनहरीमा पुगेको छ ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ ठाडोखोला तथा भुन्दु्रङखोलामा सुटिङका लागि त्यहाँ पुगेको र सो क्षेत्रहरुमा सुटिङ गरिएको सञ्चारकर्मी सन्देश थिङले जनाएका छन् ।

समाजमा भएका विभिन्न क्षेत्रका मानिसहरुको विभिन्न समस्या (टेन्सन)हरुलाई हाँस्य व्यङ्ग्यको माध्यमबाट साफ गराउने अर्थात् मुक्त गराउने उद्देश्यले सिरियल निर्माण गरिएको निर्माण पक्षले जनाएको छ ।
मनहरीबाट सुटिङ सुरु गरिएको टेलिसिरीयलको जेठ २ गतेबाट ७ गतेसम्म ठाडोखोला तथा भुन्दु्रङखोलाको विभिन्न स्थानहरुमा सुटिङ गरिएको हो । एभरग्रिन वल्र्ड वाइड ईन्टरटेन्मेन्ट प्रा.लि को प्रस्तुतिमा बनेको हाँस्य व्यङ्ग्य सामाजिक टेलिसिरियलमा गोपाल ढकाल (छन्दे)को लेखन तथा निर्देशन रहेको छ ।

टेलिसिरियललाई हर्कमान वाईबा (रिदम)ले छायाँकन गरेका हुन् । गोपाल ढकाल छन्देको स्वरमा सिरियलको शीर्ष गीत समेत सुन्न सकिन्छ । गीतमा बैकुण्ठ अधिकारीको शब्द रहेको छ । सिरियलको निर्माण रविन भुसाल (कडा) र हर्कमान वाईबा (रिदम) ले गरेका हुन् ।
सिरियलमा कलाकारहरु श्याम राई, गोपाल ढकाल (छन्दे), रोहित कार्की, दिनेश श्रेष्ठ, बिन्दा खतिवडा, प्रमिला राई, प्रेम पाण्डे, रविन भुसाल (कडा) , हर्कमान वाईबा (रिदम), आशिका अधिकारी, अनु अधिकारी , शोभित तामाङ, प्रेम गोङ्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here