बेच् सरकार बेच्

बिदेशीलाई नागरिकता बेच्
स्वदेशी नागरिक बिदेशीलाइ बेच्
चेलीबेटी चोरबाटोबाट बेच्
खोलानाला खुलेआम बेच्
सीमाहरु सुटुक्क बेच्
स्वाभीमान स्वर मच्चाएर बेच्
राष्ट्रियतालाई रोइलो गरि बेच्
अखण्लाई आफुखुशी बेच्


बेच् सरकार बेच्

बिदेशीलाई नागरिकता बेच्
स्वदेशी नागरिक बिदेशीलाइ बेच्
चेलीबेटी चोरबाटोबाट बेच्
खोलानाला खुलेआम बेच्
सीमाहरु सुटुक्क बेच्
स्वाभीमान स्वर मच्चाएर बेच्
राष्ट्रियतालाई रोइलो गरि बेच्
अखण्लाई आफुखुशी बेच्

बेच् सरकार बेच्
भ्रष्टाचारीलाइ लाईसेन्स बेच्
कमीसनखोरलाई कुम्लो बेच्
ठेकेदारलाइ ठगी धन्दा बेच्
न्यायालयलाई नौंटकीमा बेच्
हाम्रो तराई पराईलाई बेच्

बेच् सरकार बेच्
सुरक्षालाई सुकोमा बेच्
शान्ति बन्दुकलाई बेच्
समृद्धि आफैलाइ बेच्
सुशासन निरंकुशतालाई बेच्
सुखी नेपाली नारा गल्फलाई बेच्

बेच् सरकार बेच्
गणतन्त्र मनपरिलाई बेच्
संघीयता छोटे राजालाइ बेच्
समावेशीता हुनेखानेलाई बेच्
समानुपातिक नातेपातेलाइ बेच्
धर्म निरपेक्षता इसाईलाई बेच्

बेच् सरकार बेच्
जे जे बिक्छ त्यही त्यही बेच्
उभिनु पर्दैन भने त्यो माटो बेच्
आत्मा रुदैन भने आमा बेच्
मिल्छ भने स्वास्नी, छोराछोरी बेच्
एकमुठी माया छैन भने छातिमा
देश तेरो हातमा छ, त्यो पनि बेच्
तेरो आकाश बेच्
तेरो पाताल बेच्
ए नाफाखोर सरकार
सक्छस् भने सबै बेच् ।।