हेटौंडा, १३ चैत्र
मकवानपुर मनहरीमा मदिरा तथा जुवातास रोक्न स्थानीय बासीहरु सहमत भएको एक आयोजित कार्यक्रममा बताईएको छ ।

मनहरी गाउँपालिकाद्धारा आयोजित गाउँ स्तरिय अन्तरक्रिया कार्यक्रममा उक्त सहमति भएको हो । स्थानीय जनप्रतिनिधि, प्रशासन तथा वुद्धिजीविहरुको सहभागिता रहेको सो कार्यक्रममा हिँसा र विकृति फैल्याउने मदिरा जन्य तथा जुवातास रोक्न प्रतिवद्धता गरिएको हो । गाँउपलिकाले जुवातास तथा मदिराको समस्या निर्मुल पार्न सामुदायिक प्रहरी र स्थानीय जनप्रतिनिभिहरुको समन्वायमा ९ ओटा वडामा मदिरा तथा जुवातास विरुद्ध अभियान सञ्चालन गर्ने सहमति भएको हो ।

मदिरा र जुवातासबाट बालबालिका विग्रिने, झैझगडा हुने, पारिवारिक कलह उत्पन्न हुने जस्ता सामाजिक विकृतिहरु बड्ने भएकोले त्यसलाई रोक्न उक्त कार्यक्रम गरिएको गाँउपालिका उपाध्यक्ष मनिला विष्टले बताउनु भयो । गाँउपालिकाको उक्त कदम स्वागत योग्य भएको स्थानीयले बताईएको छ ।