हेटौंडा,२६ फागुनः हेटौंडा आईडलमा टप सेभेनको टुंगो लागेको छ ।

आज टुगो लागेको आइडलका टप सेभेन प्रतिस्पर्धीहरुमा सुशन शाह ठकुरी (७), प्रेम बैठा (९), विजय लामा (१०), सुसाल तामाङ (११) र दीपक कालिराज (१२) छन् । त्यस्तै सञ्चारकर्मीद्वय भुवन घलान (१४) र पारु महरा (१५) पनि आईडलको टप सेभेनमा पर्न सफल भए ।
आशुतोश पोखरेल (१), विनायक विडारी (२) र सुविन विश्वकर्मा (४) भने आज आइडलबाट बाहिरीएका छन् ।

आज सुशन ठकुरी सिङ्गर अफ द डे भए । आइडलको निर्णायकहरुमा गायक तथा संगीतकार शिखर सन्तोष, गायक तथा संगीतकार विजय कार्की र गायक तथा संगीतकार किशोर डंगोल रहेका छन् ।

जिपिएक्स रेसिङको प्रायोजनमा हेटौंडा आइडल सञ्चालन भएको छ । आइडलमा प्रथम हुनेले नगद ३५ हजार र पाँच हजार रुपैयाँ बराबरको चन्द्रागिरी केबलकार टिकेट प्राप्त गर्नेछन् । त्यसैगरी द्वितीय हुनेले नगद २५ हजार र पाँच हजार रुपैयाँ बराबरको चन्द्रागिरी केबलकार टिकेट तथा तृतीय हुनेले नगद १५ हजार र पाँच हजार रुपैयाँ बराबरको चन्द्रागिरी केबलकार टिकेट प्राप्त गर्नेछन् ।

हेटौंडा आइडललाई मेलामा राखिएका स्टलवालाहरुबाट पनि जिन्सी सामान पुरस्कारहरु रहेका छन् । आइडललाई वोन ट्राभल्सको तर्फबाट युएई (दुबई)को आउने–जाने टिकटको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here